दफा १७३
सद्दे, कीर्ते वा जालसाजीको लागि सुनाउनु नपर्ने

(१) कानून बमोजिम प्रमाण लिन नसकिने लिखत सद्दे, कीर्ते वा जालसाजीको प्रयोजनको लागि सुनाउनु वा देखाउनु पर्नेछैन ।
(२) कुनै प्रतिबादीले प्रमाणको रूपमा पेश गरेको लिखतबाट अन्य कुनै प्रतिबादीलाई असर पर्ने रहेछ भने अदालतले दफा१७२ को प्रक्रिया अवलम्बन गरी असर पर्ने प्रतिबादीलाई त्यस्तो प्रमाण देखाई सुनाई निजको बयान गराउनु पर्नेछ।